अपर हेवाखोला हाइड्रोपावरको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अपर हेवाखोला हाइड्रोपावरको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । साताको तेस्रो दिन शेयर बजार ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.८३ अकंले घटेर २०४१.०६ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँको कारोबार भएको छ ।

आज अपर हेवाखोला हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । साथै, स्वाभिमान लघुवित्तको ४.०२ प्रतिशत, कुमारी इक्वाटी फण्डको २.८१ प्रतिशत, सिद्धार्थ इक्वाटी फण्डको २ं.१० प्रतिशत र एनआइबिएल प्रगति फण्ड १.९१ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्