लगानीकर्ताको उत्साह एक दिन पनि टिकेन, १३ उपसूचकमा गिरावट आउँदा कारोबार पौने २ अर्ब - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

लगानीकर्ताको उत्साह एक दिन पनि टिकेन, १३ उपसूचकमा गिरावट आउँदा कारोबार पौने २ अर्ब



काठमाडौं । शेयर बजारमो उत्साह एक दिन मात्र टिकेको छ । केही साता देखि ओरालो लागेको शेयर बजारले हिजो आएको शेयर बजारको छलाङले उत्साहित भएका लगानीकर्ता खुसी एक दिन मै सिमित भएको छ । साताको तेस्रो कारोबारको दिन आएर शेयर बजार फेरी राताम्य हुन पुगेको हो । शेयर बजार निरन्तर घटी रहदाँ कारोबार समेत खुम्चिरहेको छ ।

साताको तेस्रो कारोबारको दिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.८३ अकंले घटेर २०४१.०६ बिन्दुमा बन्द भएको छ । साताको दोस्रो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.८८ अकंले बढेर २०६५.८९ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्से ओरालो लाग्दा १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२५ प्रतिशत, ब्यापार समूहको १.७७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८७ प्रतिशत, निर्जीवन बीमा समूहको १.७१ प्रतिशत, हाइड्रोपावर समूहको ३.१८ प्रतिशत, विकास बैंक समूहको २.६८ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.९ प्रतिशत र जीवन बीमा समूहको ०.९१ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्