खुम्चियो कारोबारमा यी कम्पनीको भयो सर्वाधिक
काठमाडौं । शेयर बजारमा केहि साताको यता खासै सुधार आउन सकेको छैन । यो साताको दोस्रो कारोबारको दिन उचालिएको शेयर बजार पहिलो र तेस्रो कारोबारको दिने भने राताम्य भएको थियो । आज पनि शेयर बजार झिनो अकंले घटेको हो ।
साताको चौथो कारोबारको दिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३६ प्रतिशतले घटेर २०४०.७० बिन्दुमा बन्द भएको छ । साताको तेस्रो कारोबारको दिने भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.८३ अकंले घटेर २०४१.०६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से ओरालो लाग्दा रिडी पावरको सर्वाधिक काराबोर भएको छ । कम्पनीको आज १८ करोड ४३ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, सिवम् सिमेन्टको ६ करोड ९० लाख ५० हजार रुपैयाँ,नबिल बैंकको ४ करोड २६ लाख ६५ हजार रुपैयाँ, आइसिएफसि फाइनान्सकाृ ३ करोड ६५ लाख ५६ हजार रुपैयाँ र नेपाल टेलिकमको ३ करोड ३३ लाख १४ हजार रुपैयाँको कारोबार भएको हो ।














