नेप्से २७ अकंले बढ्यो, १३ वटै उपसूचकमा हरियाली २ अर्ब माथिको कारोबार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्से २७ अकंले बढ्यो, १३ वटै उपसूचकमा हरियाली २ अर्ब माथिको कारोबार



काठमडौं । केही साता देखि ओरालो लागेको शेयर बजार यो साताको २ दिन भने सुधार आएको छ । यो साता शेयर बजार खासै नकारात्मक सूचक देखा परेका छैनन । शेयर बजारमा केही दिन यता सुधार तिर लम्किएको देखिएपनि यो सुधार कति टिक्छ भन्ने अन्यौल लगानीकर्ताहरुमा कायम नै रहेको पाइएको छ । शेयर बजार सुधार उकालो लागेपनि आजै लगानीकर्ता लगानी गर्ने डराइ रहेको अवस्था छ ।

शेयर बजार अहिले विभिन्न बैंक तथा वितीय संस्थाको निक्षेप घट्दा त्यसको प्रभाव परेको केही शेयर विज्ञहरु बताउछन् । चालु आर्थिक वर्ष देखि नै बैंक तथा वित्तीय संस्थामा निक्षेप ओरालो लागेको अवस्था छ ।

साताको पाँचौ दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.७२ प्रतिशतले बढेर २०६८.४२ बिन्दुमा बन्द भएको छ । साताको चौथो कारोबारको दिन भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३६ प्रतिशतले घटेर २०४०.७० बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से आज आकाशिदा १३ वटै उपसूचमा हरियाली छाएको छ । बिहिबार बैंकिङ समूहको ०.५९ प्रतिशत, ब्यापार समूहको १.१२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५८ प्रतिशत, विकास बैंक समूहको ३.१७ प्रतिशत, हाइड्रोपावर समूहको २.९२ प्रतिशत र फाइनान्स समूहको ३.०१ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्