१८ श्रावण २०८३, सोमबार

रत्न राज्यलक्ष्मी क्याम्पसको ६२औँ वार्षिक उत्सव सम्पन्न



काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंको ६२औँ वार्षिक उत्सव त्रिविका उपकुलपति प्राडा धर्मकान्त वास्कोटाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले गरेका थिए ।

कार्यक्रमको विशेष अतिथि त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्राडा कुशुम शाक्य गरगरेका थिए भने कार्यक्रमकाअन्य अतिथीहरुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमख प्राध्यापक चिरञ्जिवी खनाल, रत्न राज्यलक्ष्मी क्याम्पसका पूर्व क्याम्पस प्रमुखहरू रामप्रसाद भट्टराई, गोपालचन्द्र पोखरेल, प्राडा रुद्रप्रसाद पौडेल, डा निर्मला कुमारी सुवाल, छिमेकी क्याम्पस वाल्मिकी क्याम्पसका क्याम्पस प्रमुख प्राडा भागवत ढकाल तथा रत्न राज्यलक्ष्मी क्याम्पस आरएमसिका संयोजक सह प्राध्यापक नवराज थापा, काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख, रामप्रसाद सुवेदी, नेपाल प्राध्यापक संघका महासचिव नरेन्द्र शिवाकोटी, प्राध्यापक संघ रत्न राज्यलक्ष्मी क्याम्पस एकाइका सभापति डा विनोद कार्की, कर्मचारी संघ, रत्न राज्यलक्ष्मी क्याम्पस एकाइका सभापति राजन जोशी, स्वतन्त्र विद्यार्थी युनियनका सभापति तपेन्द्रबहादुर शाही, पुरस्कारदाताका तर्फबाट डा बिनुबाबा अर्याल, डा निर्मला कुमारी सुवाल एबम रत्न राज्यलक्ष्मी क्याम्पसमा क्रीयाशिल विभिन्न वैचारिक समूहको प्रतिनिधित्व गर्नुहुने प्राध्यापक संगठन तथा विद्यार्थी संघ संगठनका प्रतिनिधीहरु रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी उपकुलपतिले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो साथै क्याम्पसलेResearch & Educational Development Project Management Committee (RMC) बाट प्रकाशित गर्दै आएको Humanities and Social Sciences Journal Volume 13 Number 2 को विमोचन प्रोजेक्टर मार्फत गरेका हुन ।

सन्ध्याकालिन सत्रका सहायक क्याम्पस प्रमुख प्रमिला विडारीले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई स्वागत मन्तव्यद्वारा विहानी सत्रका सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद आचार्यले स्वागत गर्नुभएको थियो । वार्षिक दिवसकै अवसरमा विभिन्न विधामा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी तथा लामो समयसम्म क्याम्पसमा क्रियाशिल रही उत्कृष्ट सेवा गर्नुहुने शिक्षक कर्मचारीलाइ सम्मान प्रदान गरिएको थियो । उक्त सम्मान तथा पुरस्कार वितरणको व्यवस्थापन क्याम्पस विद्यार्थी कल्याण प्रमुख देवी घिमिरेले गर्नुभएको थियो । साथै कार्यक्रमलाइ व्यवस्थीत बनाउन सहयोग गर्नुहुने तथा कार्यक्रमका सहभागीलाइ दिवा समूहका सहायक क्याम्पस प्रमुख राम बहादुर कार्कीले धन्यवाद ज्ञापन गर्नु भइ समपान गर्नु भएको थियो ।

यसै सन्दर्भमा २०७९ भदौ ५ आइतवारका दिन क्याम्पसले स्थानीय विदा समेत दिएको छ ।