ङादी ग्रुप पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ङादी ग्रुप पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । ङादी ग्रुप पावरको हकप्रद शेयरमा आवेदन दिने आज –भदौ ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । असार १९ गतेसम्म कायम रहने सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

यस हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौंका साथै सिद्धार्थ बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन ।

यस्तै, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सकिनेछ । हाल यसको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्