शेयर बजारमा सामान्य सुधार, कारोबार भने निरन्तर खुम्चिदैं १ अर्ब ३३ करोडमा सिमित - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शेयर बजारमा सामान्य सुधार, कारोबार भने निरन्तर खुम्चिदैं १ अर्ब ३३ करोडमा सिमित



काठमाडौं । शेयर बजार आजै माथि उठन सकेको छैन । आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति पश्चात शेयर बजार बढ्ने आशामा रहेका लगानीकर्ता मौद्रिक नीति पश्चातको एक सातामा मात्र छलाङ आएर त्यसपछि ओरालो लागे पछि निराश भएका छन् । आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाबाट बाहिरिएको निक्षेपले शेयर बजार प्र्रभाव परेको आंकलन गरीएको छ ।
शेयर बजार ओरालो लागि रहदाँ कारोबार समेत खुम्चिएको छ । कुनै समय १४ अर्ब भन्दा माथि जाने कारोबार आजभोलि १।२ अर्बमा सिमित भइरहेको छ । कारोबार २ दिन यता भने झन १ अर्ब रुपैयाँमा खुम्चि रहेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) १.८१ अकंले बढेर २०५४.९५ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ७.३८ अकंले घटेर २०५३.१६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्से सूचीकृत २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा झिनो सुधार आउँला ७ कम्पनीको शेयर समूहमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.३७ प्रतिशत, ब्यापार समूहको ०.५२ प्रतिशत, हाइड्रोपावर समूहको ०.०२ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.५८ प्रतिशत, अन्य समूहको ०.०४ प्रतिशत, जीवन बीमा समूहको ०.०९ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ० प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्