झिनो सुधार भएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन समेत शेयर बजार झिनो अकंले सुधार आएको छ । शेयर बजार यो साता उताव चडाव भएको छ ।
बुधबार नेपाल स्टक एक्सेचञ्ज –नेप्से) २.८७ अकंले बढेर २०५७.८५ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज –नेप्से) १.८१ अकंले बढेर २०५४.९५ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुर्पैयाको काराबोर भएको हो । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्से सूचीकृत २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा झिनो सुधार आउँदा अरुण काबेली पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ९२ लाख ६६ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अपी पावरको ८ करोड ८ लाख २५ हजार रुपैयाँ, रिडी पावरको ५ करोड ६४ लाख ६७ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ५ करोठ ११ लाख ८२ हजार रुपैयाँको करोबार भएको हो ।














