नेप्से २.८७ अकंले बढ्यो, साढे १ अर्बमा कारोबार खुम्चिदा ७ उपसूचकमा हरियाली - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्से २.८७ अकंले बढ्यो, साढे १ अर्बमा कारोबार खुम्चिदा ७ उपसूचकमा हरियाली



काठमाडौं । यो साता शेयर बजारमा झिनो अकंले उकालो तथा झिनो अकंले ओरालो लागेको छ । शेयर बजारमा सानो अकंले तल माथि भइरहदाँ लगानीकर्ता भने झस्किएका छन् । शेयर बजारमा लगानीकर्ताहरु लगानी गर्ने डराइ रहेको अवस्था छ ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप घटेको हुदाँ शेयर बजारमा खासै सुधार आउन नसकेको आंकलन गरीएको छ । साताको तेस्रो दिन समेत शेयर बजार झिनो अकंले सुधार आएको छ । शेयर बजार यो साता उताव चडाव भएको छ ।

बुधबार नेपाल स्टक एक्सेचञ्ज –नेप्से) २.८७ अकंले बढेर २०५७.८५ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज –नेप्से) १.८१ अकंले बढेर २०५४.९५ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुर्पैयाको काराबोर भएको हो । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्से सूचीकृत २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा झिनो सुधार आउँदा ७ उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको ०.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३२ प्रतिशत, विकास बैंक समूहको ०.२३ प्रतिशत, हाइड्रोपावर समूहको ०.४७ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.२ प्रतिशत, जीवन बीमा समूहको ०.६७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.११ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्