शेयर बजारमा राताम्यको निरन्तरता कायमै, १२ उपसूचकमा पहिरो जाँदा कारोबार २ अर्ब - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शेयर बजारमा राताम्यको निरन्तरता कायमै, १२ उपसूचकमा पहिरो जाँदा कारोबार २ अर्ब



काठमाडौं । यो साता पनि शेयर बजार माथि जाने संकेत देखा पर्ने सकेको छैन । शेयर बजार अघिल्लो साता भारी गिरावटको साथ बन्द भएसँगै यो साताको पहिलो कारोबारको दिन पनि राताम्यले निरन्तरता पाएको देखिएको छ । शेयर बजारमा सुधार आउन नक्सदा अब शेयर बजारको यात्रा कता तिर लम्किन्छ भन्ने अन्यौल सिर्जना भएको देखिएको छ ।

शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरु लगानी गर्ने डराइ रहेको अवस्था छ । लगानी आज भोलि २ अर्ब पनि पुग्न सकिन रहेको अवस्था छैन । आर्थिक वर्ष सुरुभएसँगै बैंक तथा वित्तीय संस्थाबाट घटेको निक्षेपले शेयर बजारलाई असर गरेको आंकलन गरीएको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३३.३६ अकंले घटेर १९८९.२६ बिन्दुमा बन्द भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अकंले घटेर २०२२.६२ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०१ रुपैयाँको कारोबार भएको हो । अघिल्लो साताको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ३५ लाख ८८ हजार ८३३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँको कारोबार भएको थियो ।

शेयर बजार ओरालो लाग्दा १२ उपसूचकमा राताम्य छाएको छ । आज हरियाली छाउने उपसूचकमा म्युचुअल फण्ड ०.५३ प्रतिशतले बढेको हो । ओरालो लाग्नेमा बैंकिङ समूहको ०७८ प्रतिशत, ब्यापार समूहको २.५ प्रतिशत, होटल तथा पर्यटन समूहको २.६३ प्रतिशत, विकास बैंक समूहको २.५९ प्रतिशत, हाइड्रोपावर समूहको ३.४२ प्रतिशत तथा फानान्स समूहको ३.७४ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्