बरुण हाइड्रोपावरको १००% हकप्रद सेयरमा कहिलेसम्म दिन पाइन्छ आवेदन ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बरुण हाइड्रोपावरको १००% हकप्रद सेयरमा कहिलेसम्म दिन पाइन्छ आवेदन ?



काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले भदौ ६ गतेदेखि हकप्रद शेयरमा बिक्री खुला गरेको छ । कम्पनीले कायम रहेको शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २ गते बुक क्लोज गरिएको हुदाँ साउन १ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रद शेयरमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आवेदकले मेरो शेयर सफ्टवेयरमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गरेको हकप्रद शेयरलाई केयर एनपी डबल बी प्लस आईएस रेटिङ दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्