७ श्रावण २०८३, बिहिबार

थप ६ वटा कम्पनीलाई भेञ्चर क्यापिटल सञ्चालन अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ६ वटा भेञ्चर क्यापिटल सञ्चालन अनुमति प्रदान गरेको छ । गत बुधबार बसेको सञ्चालक समितिको बैठकले थप ६ भेञ्चर क्यापिटलको काम गर्न अनुमति दिएको हो ।

भेन्चर क्यापिटल सञ्चालन गर्न बोर्डमा आवेदन दिएका १७ मध्ये ९ वटा छनोट भएका थिए । ९ वटालाई आवश्यक पूर्वाधार बनाउन बोर्डले निर्देशन दिएको थियो । पूर्वाधार तयार पारेकामध्ये पहिला २, बुधबार ६ सहित ८ वटाले अनुमति पाएका छन् । अब एउटा कम्पनीले अनुमति पाउन बाँकी रहेको छ । त्यसलाई पनि भदौभित्रै अनुमति दिने तयारीमा बोर्ड रहेको छ ।

बोर्डका अनुसार कम्पनीमा नबिल इन्भेष्टमेन्ट बैंकिङ, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, एनआईबीए एस क्यापिटल र एनएमबी क्यापिटलले सञ्चालन अनुमति पाएका हुन् । बोर्डले यसअघि ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्डलाई भेन्चर क्यापिटलको अनुमति दिइसकेको छ । त्यस्तै, आध्यान्त फण्ड लिमिटेडलाई पनि क्यापिटलको सञ्चालन अनुमित दिने कार्य अन्तिम चरणमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्