७ श्रावण २०८३, बिहिबार

नेप्से ६.६८ अकंले बढ्यो, ९ उपसूचकमा हरियाली आउँदा कारोबार खुम्चियो



काठमाडौं । साताको पहिलो शेयर बजारमा सुधार देखिएको छ ।केही साता यता निरन्तर ओरालो लागेको शेयर बजार यो साताको सुरुवात मै सकारात्मक सुचक देखा परेको हो । शेयर बजारमा सामान्य सुधार देखिएको भएपनि कारोबार खुम्चिएको छ । शेयर बजार सामान्य सुधार आउँदा लगानीकर्तालाई लागनी गर्ने बातावरण आजै सिर्जना भएको छैन। कुनै समय १३ अर्ब भन्दा माथि जाने शेय बजारमा आजभोलि भने १ अर्बमा सिमित भइरहेको छ ।

नेपाल धितोपत्र बोर्डले शुक्रबारको कारोबार बन्द गर्नुका साथै एक्सचेञ्जको लागि न्युनतम चुक्ता पूँजी ३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावली संशोधनको लागि पठाएको छ । धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालक (स्टक एकचेञ्ज)को न्युनतम चुक्ता पूँजी ५ करोड भए पुग्ने व्यवस्था थियो । नयाँ स्टक एक्सेचञ्ज खोल्ने निर्णय गरेसँगै अबको शेयर बजारको यात्रा कता तिर जाने भन्ने अन्यौल सिर्जना भएको छ । शेयर बजारमा अबको यात्रा लगानीकर्ताले नजिकै निहालेर हेर्दै छन् ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.६८ अकंले बढेर १९७७.३० बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६७ अकंले घटेर १९७०.६२ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको १८ लाख १ हजार २७३ कित्ता शेयर किनबेच हुदाँ ६९ करोड ८८ लाख ५ हजार ९५० रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा सुधार आउँदा ९ उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको ०.१२ प्रतिशत, ब्यापार समूहको ०.२५ प्रतिशत, विकास बैंक समूहको १.५७ प्रतिशत, हाइड्रोपावर समूहको ०.९५ प्रतिशत, फाइनान्स समूहको ०.६३ प्रतिशत, निर्जीवन बीमा समूहको १.८५ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्