फेरि बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनको भाउ सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले वृद्धि भएको हो ।
आइतबार ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९३ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । तेजावी सुन आइतबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भई १ हजार ११५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार ११० रुपैयाँमा खरिदबिक्री भएको थियो ।












