फुटपाथ व्यवसायीद्धारा महानगरको कार्यालय घेराउ - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

फुटपाथ व्यवसायीद्धारा महानगरको कार्यालय घेराउ



काठमाडौं । फुटपाथ व्यावसायीहरु काठमाडौं महानगरपालिका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका हुन्।

सडकपेटी तथा गल्लीहरुमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको भन्दै फुटपाथ व्यावसायीहरु आन्दोलित भएका छन् ।

महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनु परेको संघले जनाएको छ।

Tags :

प्रतिक्रिया दिनुहोस्