१ कार्तिक २०८३, आइतबार

चालु आवको दोस्रो महिनामा वस्तुको आयात १३ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो महिनामा वस्तुको आयात १३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा तीन खर्ब १४ अर्ब मूल्य बराबरको वस्तु आयात भएको थियो।

चालु भदौमा दुई खर्ब ७३ अर्ब मूल्य बराबरको सामान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। विभागको तथ्यांक अनुसार भदौ महिनामा निर्यात पनि ३४ प्रतिशतले घटेको छ। गत भदौमा ४४ अर्ब मूल्य बराबरको सामान निर्यात भएकोमा यो भदौमा २८ अर्ब मूल्य बराबरको सामान निर्यात भएको छ।

गत वर्ष भदौको तुलनामा व्यापार घाटा पनि ९ प्रतिशतले घटेको छ। गत भदौमा दुई खर्ब ७० अर्ब मूल्य बराबरको व्यापार घाटा रहेकोमा यो भदौमा दुई खर्ब ४४ अर्ब रूपैयाँको घाटा भएको छ।

भदौमा विभिन्न मुलुकसँग तीन खर्ब मूल्य बराबरको व्यापार भएको छ। कुल व्यापारमा आयात अनुपात निर्यातको भन्दा नौ गुणाले बढी छ यस अघि यस्तो अनुपात सात गुणा थियो।

Tags :