धितोपत्र बोर्डले स्थगन गर्यो नयाँ लाइसेन्सको सबै प्रक्रिया, अब कहिले हुन्छ ?
काठमाडौं । नयाँ लाइसेन्सको सबै प्रक्रिया स्थगन भएको छ ।
नेपाल धितोपत्र बोर्डले बोर्डले ब्रोकर लाईसेन्स, कमोडिटी एक्सचेञ्जको लाईसेन्स र नयाँ स्टक एक्सचेन्जको लाईसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई स्थगन गरेको हो ।
सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकर लाइसेन्स वितरणको कार्य तत्कालका लागि रोकेको बोर्डले जनाएको छ ।
सर्वोच्च अदालतबाट कात्तिक ४ गते जारी भएको अल्पकालिन अन्तिरिम आदेश अनुरुप बोर्डबाट असोज २ गते प्रकाशित सुचना बमोजिम आवेदन लिने लगायतका थप काम कारवाही अर्को निर्णय नुहँदासम्मका लागि यथास्थितिमा राख्ने निर्णय भएको बोर्डले जनाएको छ ।













