२२ श्रावण २०८३, शुक्रबार

छुट्ला है १० प्रतिशत लाभांश, नजिकियो सुरक्षित गर्ने अन्तिम मौका



काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम मौका दिन नजिकिएको छ ।कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अर्थात मंसिर १५ गते अन्तिम मौका रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १६ गते बुक क्लोज गर्ने भएको छ । सो कारण भोलि मंसिर १५ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १०.५२६ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २८ गते साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब घारीपाटन १७ पोखरा कास्कीमा हुने जानकारी दिएको हो ।