२३ श्रावण २०८३, शनिबार

दुई कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?



काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला समीट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म समीट लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १०६ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १६६ रुपैयाँ २० पैसा कायम भएको छ ।

यस्तै, यति बेला सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्यमा पनि सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १८६ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २ हजार ५४ रुपैयाँ ८० पैसा कायम भएको छ ।