डोटीको पिडामा बालेनको नजर, भने अनधिकृत टहरा भत्काउँदा समाचार बन्ने भूकम्प पिडितको विचल्लीमा चासो हुँदैन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

डोटीको पिडामा बालेनको नजर, भने अनधिकृत टहरा भत्काउँदा समाचार बन्ने भूकम्प पिडितको विचल्लीमा चासो हुँदैन



काठमाडौं । काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । डोटीमा कार्तिक २३ मा आएको ६.६ रेक्टर स्केलको भूकम्पले ३८ सय घरटहरा भत्किएको थियो।

महानगरमा डोटीका भूकम्प पीडितका लागि सहयोगको अनुरोध आएपछि महानगरबाट विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट गाउँपालिकालाई १० लाख सहयोग गरेको हो ।

मेयर साहले नेपालका दुरदराजमा नागरिकहरुले दुख पाइरहँदा काठमाडौंमा चासो नै नहुने, समाचार नै नबन्ने अवस्था आज पनि रहेको भन्दै गुनासो गरे । पीडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिक रुपमा चासो समेत नभएको गुनासो गरे ।

उनले फेसबुकमार्फत भनेका छन्,‘काठमाडौंमा अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ तर डोटीमा भुकम्पबाट ३८ सय टहरा भत्काउँदा समाचार बन्ने बिषय पनि मानिदैन ।’

“परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छेको मृत्यु भएको छ । चितुवाको डर छदैछ, त्यसमाथि पुष महिना सुरु भइसक्यो । जाडो बढेको छ, अब हिउँ पर्न सुरु हुन्छ । जाडो र हिउँको कारणले ज्यान गुमाउन सक्ने अवस्था बन्न बेर लाग्दैन । ति पिडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिक रुपमा चासोसम्म देखिदैन । पिडितहरुको पिडामा अरुको चिन्ता छ भन्ने अनुभुतिले मात्रै पनि उनीहरुको मनोबल बढ्नेछ ।” उनले समाजिक संजालमा लेखेका छन् ।

उनले राज्य संयन्त्र, संबंधित मन्त्रालय, सांसद ,सरकारी गैरसरकारी संघसंस्था तथा व्यक्तिहरुको पहलमा पनि डोटीका भूकम्पपीडितहरुलाई सहयोग गर्न अनुरोध गरे ।


प्रतिक्रिया दिनुहोस्