दुई कम्पनीको आकर्षक लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका, कुनको कति ?
काठमाडौं । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणसँगै लाभांश पारितका लागि साधारण सभा धमाधम बोलाउदैं छन् ।
साधारण सभाका लागि कम्पनीहरुले बुक क्लोज गर्ने हुदाँ बुक क्लोज अगाडि मात्र लाभांश सुरक्षित गर्ने सकिन्छ । बुधबार (पुष ६ गते) ले २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
पाँचथर पावर
पाँचथर पावर कम्पनी लिमिटेडले साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते बुक क्लोज गर्ने भएको हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस १८ गते सातौ वार्षिक साधारण सभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा विहान ११ बजे बस्ने गरी बोलाएको छ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
सोल्टी होटल
सोल्टी होटलले लाभांश वितरणका लागि कम्पनीले पुष ७ गतेदेखि पुष २८ गतेसम्म बुकक्लोजको गर्ने हुदाँ ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुमात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन्
कम्पनीले हाल कायम चुक्तापुँजी आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २१.३१५७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश पारितका लागि कम्पनीले पुष २८ गते नेपाल प्रज्ञा भवन , काठमाडौंमा बिहान ११ बजे बस्ने गरी साधारण सभा आह्वान गरेको छ ।













