२३ श्रावण २०८३, शनिबार

दुई कम्पनीले गरे सेयरधनीलाई शतप्रतिशत लाभांश दिने घोषणा, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङले लाभांश घोषणा गरेका छन् । यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मनुाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरणको घोषणा गरेका हुन् ।

नेप्सेले गत आवको नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने भएको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १०० प्रतिशत (करसहित) नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले पुस २९ गते ४१ औं बार्षिक साधारण सभा बोलाएको छ ।

हाल नेप्सेमा सरकारको ५८.६६, राष्ट्र बैंकको १४.६०, कर्मचारी सन्चय कोषको १०, राष्ट्रिय वाणिज्य बैंकको ६.४, लक्ष्मी बैंकको ५, प्रभु बैंकको ५ र अन्यको ०.६० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै, सिडिएस एण्ड क्लियरिङले पनि गत आवको नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने भएको छ ।

पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले पुस २८ गते १२ औं बार्षिक साधारण सभा बोलाएको छ ।