८ श्रावण २०८३, शुक्रबार

कुमारी बैंकको सीईओमा रमेशराज अर्याल नियुक्त, उत्कृष्ट बैंक बनाउने उद्घोष



काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आजदेखि (पुस १७) एकीकृत कारोबार सुरु गरेका छन् ।

मर्जरपछि कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशराज अर्याल नियुक्त भएका छन् । नियुक्तिपछि सीईओ अर्यालयले उत्कृष्ट बैंक बनाउने उद्घोष गरेका छन् । एकीकृत कारोबारमा बोल्दैं सीइओ अर्यालले वित्तीय प्रणाली सुधार तथा सुशासन कायम राख्ने आफ्नो प्रमुख दायित्व भएको बताएका छन् । उनले मर्जर पछि बैंक अझैं बलियो भइ चौथो नम्बरमा आएको र यसलाई अवसरको रुपमा अगाडि बढाउने विश्वास ब्यक्त गरे । साथै लगाीकर्तालाई उचित प्रतिफल दिन आफ् र आफ्नो टिम नचुक्ने बताएका छन् ।

मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहने छ । यी दुई बैंक एक आपसमा गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्