तीन फाइनान्ससहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन, कुनको बोनस कति ?
काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार (पुष १८ गते) अन्तिम दिन रहेको छ । सोमबार तीन फाइनान्स कम्पनी र एक बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
चारओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष १९ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १८ गते सोमवारसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
सिभिल बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश पारितका लागि बैंकले पुष २८ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
आइसिएफसी फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुष २९ गते अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे बस्ने गरी वार्षिक साधारण सभा बोलाएको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीलाई २.४० प्रतिशत बोनस शेयर र ५.२० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निणर्य गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुष २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे बस्ने गरी बोलाएको छ ।
त्यसै पोखरा फाइनान्सले गत आर्थिक वर्ष २०७८।)७९ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुष २९ गते दरबारथोक ब्यांक्वेट बास्तोलाथर पोखरा–९, कास्कीमा बिहान ९ बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।













