छुट्ला है चार कम्पनीको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । सोमबार चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । आज सिभिल बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
यी चारओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि भोलि अर्थात पुस १९ गते बुक क्लोज गर्ने भएका छन् । सो कारण आजसम्म (पुस १८ गते) कायम सेयरधनी साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
आज सिभिल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सो लाभांश पाउनका लागि आजसम्म सेयरधनी बन्नु पर्नेछ । बैंकले प्रस्तावित लाभांश पारितका लागि पुस २८ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
आइसिएफसी फाइनान्सले पनि मंगलबार बुक क्लोज गर्ने भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले सो दिन बुक क्लोज गर्ने भएको हो । जसका आधारमा आजसम्म कायम सेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुष २९ गते अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे बस्ने गरी वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै, आज श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ। कम्पनी मंगलबार बुक क्लोज गर्ने भएसंगै आजसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निणर्य गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुष २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे बस्ने गरी बोलाएको छ ।
त्यसैगरि पोखरा फाइनान्सको लाभांश पाउनका लागि आजसम्म सेयरधनी बन्नु पर्नेछ । कम्पनीले मंगलबार बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनी कम्पनीको लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुष २९ गते दरबारथोक ब्यांक्वेट बास्तोलाथर पोखरा–९, कास्कीमा बिहान ९ बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।













