२४ श्रावण २०८३, आइतबार

सत्ता



नेतालाई सक्ताको संर्गाम चलिरहेको छ ।
जनता भोको पेट मरिरहेको छ ।।
उसको छोरी बलात्कार छ ।
रक्ताम्य शरीर लिएर पुलिस ठानामा छ ।।

पुलिस निर्दाको संयामा छ ।
कृषिक कृषिलाई ऋणको खोजीमा छ ।।
पैसा नेताका आफन्तको जोगिमा छ ।
बैंकको ब्याजदर अठार प्रतिशत छ ।।

कृषिका घर लिलामीमा छ्न ।
नेताको काम अझै आफन्त मिलाउनुमा छ ।।

कोहि भागबन्डाका लागि लडिरहेका छन् ।
कोहि प्रतिपक्ष बिहिनको देश बनाई रहेका छन् ।।
कोहि दक्षिणपन्थीबाट चलिरहेका छन् ।
कोहि पश्चिमा दर्शनबाट चलिरहेका छन् ।।

घर कि छोरी बलात्कारबाट पीडित छ ।
घरको छोरो खाडीमा मरेर बाकसमा फर्किरहेको छ ।।
नेताहरु कुर्सीका लागि लडिरहेका छन् ।
कोहीले प्रदेश पायो ।
कोहिले केन्द्रिय पायो ।
यहाँ नपाउने त जनताले न्याय मात्र हो ।।

यहाँ नपाउने त बलात्कारीले सजाय हो ।
यहाँ नपाउने त किसानले मल हो ।
यहाँ नपाउने त जनताका छोराछोरीहरुले शिक्षा हो ।
यहाँ नपाउने त सुत्केरी बेथा लागेकी महिलाले अस्पताल हो ।।

ब्यापारीले कर छल्न पाएका छन् ।
नेताहरुका छोराहरुले बलात्कार गर्न पाएका छन् ।।
छोरीहरुले डिस्को बारा नाच्न पाएका छन् ।
पुलिसले पैसाको चलखेलमा केस मिलाउन पाएका छन् ।।

वकिलहरुले न्याय मार्न पाएका छन् ।
नेताले देश भाड्न पाएका छन् ।।
जनताले भोटमा नोट पाएका छन् ।
देशको अवस्था पुर्पोरोमा हात लगाएर ।।।
हत्तेरी मेरो देश ।।।