हिमाल दोलखा हाइड्रोपावरले १ अर्ब २० करोड रुपैयाँको हकप्रद निष्कासन गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि एक कम्पनीले आवेदन दिएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७५ प्रतिशत हकप्रद सेयर निष्सकान गर्न बोर्ड आवेदन दिएको हो ।
कम्पनीले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । हिमाल दोलखाको चुक्ता पुँजी हाल १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । सोही पुँजीमा ७५ प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो ।
कम्पनीको हकप्रद सेयरमाका लागि लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबन्धक रहेको छ ।













