हिमालयन रिले बीमा कोषको आकार २८ गुणाले बढायो: १ अर्ब १९ करोड बीमा शुल्क आर्जन, अन्य सूचक कस्ता ?
हिमालयन रिले बीमा कोषको आकार २८ गुणाले बढायो: १ अर्ब १९ करोड बीमा शुल्क आर्जन, अन्य सूचक कस्ता ?
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले बीमा कोषका आकार ह्वात्तै बढाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामै बीमा कोषको आधारमा उल्लेख मात्रामा वृद्धि गरेको हो ।
शुक्रबार कम्पनीले प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको बीमा कोषको आकार १३ करोड ६९ लाख ७८ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा भने २७४२.४५ प्रतिशतले अर्थात २८.४२ गुणा बढी हो । गत वर्षको असोज मसान्तसम्ममा कम्पनीको बीमा कोषमा ४८ लाख १९ हजार रुपैयाँ रहेको थियो ।
विवरण अनुसार चालु आवको असोज मसान्तसम्ममा कम्पनी ५ करोड ३० लाख २८ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ४ करोड ७६ लाख ८० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
सो अवधमिा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ९ करोड ४७ लाख ३५ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको असोज मसान्तसम्मको तुलनामा भने १२५.४८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क ८ करोड ८ लाख रुपैयाँ रहेको थियो ।
सो अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन भने १ अर्ब १९ करोड ६० लाख ३० हजार रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीको पुनर्बीमा कमिशन खर्च २४ करोड ७३ लाख १९ हजार रुपैयाँ रहेको छ।
सो अवधिमा कम्पनीको कुल दावी भुक्तानी २ करोड ९ लाख ९६ हजार रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने २९ करोड ४९ लाख ८७ हजार रुपैयाँ देखिएको छ ।
कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ७ करोड ८३ लाख ५८ हजार रुपैयाँ राखेको छ भने महाविपत्ति कोषमा १ करोड ५० लाख ५९ हजार रुपैयाँ राखेको छ ।













