११ श्रावण २०८३, सोमबार

युनियन, गुराँस र प्राइम लाइफबीच अन्तिम मर्जर सहमति हुँदै : साङ्गठनिक संरचना कस्तो बन्दै ?

युनियन, गुराँस र प्राइम लाइफबीच अन्तिम मर्जर सहमति हुँदै : साङ्गठनिक संरचना कस्तो बन्दै ?



काठमाडौं । युनियन लाइफ, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी मर्जरमा जाने भएका छन् । यी तीनै वटा कम्पनी मर्जरमा जान अन्तिम सहमति हुने भएको छ ।

गत बैशाख २९ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । जेठ ३ गते नेपाल बीमा प्राधिकरणबाट मर्जर स्वीकृति पाएका लिएका हुन् ।

यी ३ कम्पनीबीच वैशाख २९ गते यूनियन लाइफकोतर्फबाट अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफकोतर्फबाट अध्यक्ष पियुषराज अर्याल र गुराँस लाइफकोतर्फबाट अध्यक्ष विवेक दुगढले प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

आज हुने अन्तिम समझदारी पत्रमा कम्पनीको नाम, संचालक र व्यवस्थापन टिम लगायतको विषयमा पनि टुंगो लाग्ने बताइएको छ । यी तीनै वटा कम्पनीले आ–आफ्नै विशेषता भएका कम्पनी हुन् । गुराँस लाइफ पुरानो कम्पनी मानिन्छ । प्राइम लाइफको पोर्टफोलियो ठुलो छ भने युनियन लाइफ इन्स्योरेन्सको व्यवस्थापन समूह बलियो छ ।

तीनवटै कम्पनी आ–आफनै अडानका कारण मर्जर प्रक्रिया अगाडि बढ्न सकिरहेको थिएन् । पछिल्लो समय बीमा समितिले चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएपछि बीमा कम्पनीहरु मर्जरमा जान लागेका हुन् ।

जीवन बीमा व्यवासयमा नेपाल लाइफ इन्स्यारेन्स कम्पनी एक नम्बरको ताज सम्हालिरहेका छ । हाल नेपाल लाइफ अधिकांश सूचकमा सबै बीमा कम्पनीभन्दा अगाडि रहेको छ ।

तर गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएपछि जीवन बीमा बजारमा नेपाल लाइफसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ । गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफ इन्स्योरेन्स मर्जरपश्चात् केही सूचकमा नेपाल लाइफभन्दा अब्बल बन्ने छ भने केही सूचमा नेपाल लाइफ नै अगाडि देखिन्छ ।

पछिल्लो समय विभिन्न कारणले नेपाल लाइफका सूचकहरुमा घट्दै गएका छन् । यहि अवस्थामा यी ३ कम्पनी मर्जर भएमा भविष्यमा जीवन बीमा कम्पनीमा एक नम्बर बन्न सक्छ ।