अपि पावरले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अपि पावरले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने



काठमाडौं । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने विद्युत नियमन आयोगमा आवेदन दिएको हो ।
अनुमति पाए पछि कम्पनीले ७.५ प्रतिशत बोनस सेयरपछि कायम हुने ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २११ रुपैयाँ चुक्ता पुँजीमा ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ ।

अनुमति पश्चाथ हकप्रद प्रस्ताव सहित आगामी वार्षिक साधारण सभामा बोलाइने छ । सभाबाट हकप्रद निष्कासन प्रस्ताव पारित भएपछि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेश गरिने गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्