विश्वव्यापी आर्थिक मन्दीको असर बीमा बजारमाः २०२२ मा विश्वव्यापी बीमाशुल्क घट्ने, २०२३ भने बढ्ने अनुमान
विश्वव्यापी आर्थिक मन्दीको असर बीमा बजारमाः २०२२ मा विश्वव्यापी बीमाशुल्क घट्ने, २०२३ भने बढ्ने अनुमान
काठमाडौं । आर्थिक बर्ष २०२३/ २४ मा ग्लोबल प्रिमियम (विश्वभरको बीमाशुल्क) संकलन २.१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
विश्वको सबैभन्दा ठुलो पुनर्बीमा कम्पनी स्वीस रि अन्तरगतको स्वीस रि इन्सीच्यूटले गरेको एक अध्यनले यस्तो देखाएको हो ।
अध्यनअनुसार २०२२ मा भने ग्लोबल बीमाशुल्क संकलन ०.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।
यद्यपि, यसलाई प्रमाणित गर्ने तथ्यांक भने आउन बाँकी नै छ । तर, विश्वव्यापी आर्थिक मन्दी, महंगी लगायतका कारण २०२२ मा विश्व बजारको बीमा व्यवसाय घट्ने अनुमान स्वीस रिले गरेको छ । यद्यपि, आगामी आव २०२३/२४ मा विश्वव्यापी बीमाशुल्क बढ्ने स्वीस रिको अनुमान छ ।
त्यसमा पनि सन् २०२३ मा जीवन बीमा तर्फको बीमाशुल्क १.७ प्रतिशतले बढ्ने अनुमान छ । निर्जीवन बीमा तर्फको बीमाशुल्क संकलन भने २.३ प्रतिशतले बढ्ने पुर्व अनुमान गरिएको छ । तर, बर्ष २०२२ मा भने जीवन बीमा १.९ प्रतिशतले घट्ने अनुमानित प्रक्षेपण गरिएको छ । यसको रिर्पोट आउन बाँकी छ । यद्यपि, निर्जीवन बीमा भने ०.९ प्रतिशतले बढ्ने स्वीस रिको एक तथ्यांकमा उल्लेख छ ।

निर्जीवनमा किन पर्यो असर ?
बिशेषगरि विश्वव्यापी आर्थिक मंदी, महंगीका कारण सन् २०२२ मा निर्जीवन बीमाशुल्क वृद्धिदर कम हुने बताइएको छ । सो वर्षमा निर्जीवन बीमाशुल्क वृद्धिदर १ प्रतिशत कम हुने बताइएको छ । यस्तै, सन् २०२२ मा लगानीको प्रतिफल पनि कम हुने बताइएको छ । यद्यपि, मुद्रास्फीती सहज हुदैं गएमा बीमा व्यवसायमा सुधार आउँदै जाने उल्लेख गरिएको छ ।
२०२३ र २०२४ मा जीवन बीमा व्यवसायमा सुधार
बढ्दो विश्व व्यापी महंगहीका कारण उपभोक्क्ताहरुको जीवनयापनमा लागत बढ्को छ, फलस्वरुप सन् २०२२ मा विश्वव्यापी जीवन बीमा व्यवसाय पनि घट्ने प्रतिवेदनम उल्लेख छ । उक्त अवधिमा विश्वको जीवन बीमा व्यवसाय १.९५ प्रतिशतले घट्ने स्वीस रिको अनुमान छ । यद्यपि, बढ्दो महंगी, व्याजदर तथा कोभिड मृत्युदर कम हुदैं गएर सन् २०२३ र २०२४ मा जीवन बीमा व्यवसायमा सुधार आउने बताइएको छ ।













