रिडी पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बुक क्लोज कहिले ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रिडी पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बुक क्लोज कहिले ?



काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

कम्पनीले ४० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा ५० प्रतिशत (१ः०.५० अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको हो । संचालक समितिको प्रस्ताव विद्युत नियमन आयोगमा अनुमतिका लागि पेश गराएको रआयोगले स्वीकृति दिएमा उक्त हकप्रद प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुनेछ ।

सभाबाट अनुमोदन भएपछि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेश गरिने रिडीले जानकारी गराएको छ । कम्पनीले वार्षिक साधारण सभाका लागि माघ १८ बुक क्लोज गर्ने भएको हुदाँ माघ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित बोनस सेयर प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्