भारतको इण्डीया एक्सपो मार्ट सम्पन्न, नाडाका अध्यक्ष थापाको नेतृत्वले गर्यो अवलोकन
काठमाडौं । भारतको इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा पुष २९ गते देखि शुरु भएको १६ औं अटो एक्सपो २०२३ आज २०७९ साल माघ ४ गते समापन भएको छ ।
नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले सो प्रदर्शनीको अवलोकन भ्रमण सम्पन्न गरेको थियो । नाडाका केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहित १५० भन्दा बढी सदस्यहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए ।
सो प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इण्डियन मेनुफेकचरिङ्क एशोसिएशनले पहिलो पटक मिति २०७९ पौष ३० गते इण्डीया एक्सपो मार्ट, गे्रटर नोइडामा आयोजना गरेको Auto Trade Dialogueमा नाडाका अध्यक्ष धु्रव थापाले नेपालको अटोमोवाइल क्षेत्रको चुनौति र समस्याहरुका बारेमा आफनो धारणा राख्नु भएको थियो भने नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले Nepal Auto Market And Policy Trend का विषयमा विशेष प्रस्तुती दिनु भएको थियो ।
त्यसैगरी सो डाइलग कार्यक्रममा सिलोन मोटर टे«डर्स एशोसिएशनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोवाइल एसेम्बलर एण्ड मेनुफेक्चरिङ्ग एशोसिएशनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफनो देशको अटोमोवाइल व्यवसायका चुनौतिहरु बारे चर्चा गर्नु भएको थियो । सो डाइलगको सेसन मोडरेटर सियामका स्ट्र«याटिजी ब्राण्ड एण्ड कम्मुनिकेशन, भि.इ कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेण्ट भगवान विण्डीगनाभिले गरेका थिए । सो डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी सियामले पुष २८ गते सोहि स्थानमा पहिलो पटक आयोजना गरेको EV Discussion कार्यक्रममा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा तथा यमुना श्रेष्ठ सहभागी हुनु भएको थियो । सियामले नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई सो डाइलग र डिस्कशन कार्यक्रमहरुमा सहभागी भई आफनो धारणाहरु राखि दिन निमन्त्रणा समेत गरेको थियो ।
यसैक्रममा अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनले पुष २७ गते देखि माघ १ गतेसम्म दिल्लीको प्रगति मैदानमा आयोजना गरेको १६ औं अटो एक्सपो (कम्पोनेण्टमा) पनि नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु लगायत नाडाका सदस्य कम्पनीहरुले उल्लेख्य मात्रमा अवलोकन भ्रमण गरेका थिए । यसबाट नाडाको सियाम र एक्मा विचको पारस्परिक सम्बन्ध थप मजबुत भएको छ । स्मरणीय छ नाडाले पनि हरेक बर्षको दशै अगाडी भुकृटी मण्डपमा नाडा अटो शो सम्पन्न गर्दे आएको छ ।













