२४ श्रावण २०८३, आइतबार

सिभिल मलमा एक युवकले आफैंलाई आगो लगाए



काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफैंलाई आगो लगाएका छन् ।

करिब २९ वर्षका निशान लामिछाने गुरुङले आगो लगाएर आत्महत्या प्रयास गरेको प्रहरी जनाएको छ । आफैंले आगो लगाउँदा घाइते भएका गुरुङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको छ ।