२५ श्रावण २०८३, सोमबार

गृहमन्त्री लामिछाने भने ‘प्रेमप्रसादजी माफ गर्नुस्, आत्मदाहको निर्णय फेर्न सकेन’



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ऋणको भारी भएको आफ्नै शरीरमा आगो लगाए निधन भएका प्रेमप्रसाद आचार्यसँग माफ मागेका छन् । समाजिक संजाल मार्फत लामिछानेले नयाँ दलहरूको आगमनले पनि आशा जगाउन नसक्नुको दोष आफ्नो भएको बताएका छन् ।

उनले –‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु’।

नयाँ दलहरूको आगमनले पनि आचार्यमा उत्साह थप्न नसक्नु भन् दुखद भएको लामिछानेले उल्लेख गरेका छन् ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए ।