कस्तो बनाउँदैछ नबिल बैंकले मुख्य कार्यालयको नयाँ भवन ?
काठमाडौं । नबिल बैंकले मुख्य कार्यालयका लागि भवन निर्माण गर्ने भएको छ । बैंकले काठमाडौं विशालनगरमा तेस्रो पटक मुख्य भवन निर्माण गर्न लागेको हो ।
एक सूचना जारी गर्दै बैंकले ४१ हजार ४१२.२५ वर्गफुट क्षेत्रफल जग्गामा मुख्य कार्यालय भवन निर्माण कार्यको लागि बोलपत्र आह्वान गरेको गरेको छ ।
बैंकको उक्त भवन निर्माण गर्न परियोजना व्यवस्थापन परामर्शदाता (पीएमसी) को जिम्मेवारी लिन दर्ता भएका सिभिल इन्जिनियरिङ् तथा वास्तुकला फर्महरूले आवेदन दिन सक्नेछन् । भवन निर्माण कम्पनीहरुले आजैका मितिले १५ दिनभित्र अर्थात २५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
विस्तृतका लागि हेर्नुहोस् सूचना














