हिमालय उर्जा विकासले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
दुई कम्पनीबीच आइतबार बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । हिमालय उर्जाले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपात (२०० प्रतिशत) मा हकप्रद सेयर जारी गर्न लागेको हो । यस्तै, कम्पनीले ‘इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेड’ सँग इस्यूअर रेटिङ र लोन रेटिङका लागि सम्झौता गरिएको पनि जानकारी गराएको छ ।
हकप्रद जारी गर्ने निर्णय विद्युत नियामन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश हुने कम्पनीले जानकारी गराएको छ । हिमालय उर्जाले जारी पुँजी वृद्धि गरेर ३ अर्ब ५० करोड रुपैयाँ पुर्याउनेछ । प्रस्तावित हकप्रद सेयर बिक्रीबाट प्राप्त हुने सबै रकम बैंकहरुको दीर्घकालीन ऋण भुक्तानीका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।













