१० प्रतिशत लाभांश तपाईको खातामा आयो ? छैन भने के गर्ने ?
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षका मुनाफाबाट प्रदान गरेको नगद लाभांश वितरण सुरु गरेको हो ।
कम्पनीले गत पुष २७ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट पारित कर समेत १० प्रतिशत नगद लाभांश माघ ११ गतेदेखि वितरण गर्न सुरु गरेको हो ।
कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूको बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश जम्मा गरिने पनि बताएको छ ।













