२० श्रावण २०८३, बुधबार

मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा : राष्ट्र बैंकले घटायो नीतिगत दर, ७ प्रतिशतमा झर्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामार्फत नीतिगत दर घटाएको छ ।

बैंक तथा वित्तीय संस्थाले अस्थाई तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशत ब्याजदर (नीतिगत दर) मा पाउने भएका छन् । हाल बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतमा उपलब्ध गराउँदै आएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामार्फत भनेको छ, –’बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइनेछ ।’