९ श्रावण २०८३, शनिबार

घोडीघोडा र युनिक नेपाल लघुवित्तको मर्जरपछि कायम सेयर नेप्सेमा सूचीकृत



काठमाडौ. । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जरपछि कायम शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

यी दुई कम्पनी १ बराबर ०.५ को अनुपातमा सेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । यी दुई कम्पनीले मर्जर प्रक्रिया पूरा गरी २०७८ पुस ३० गतेदेखि एकीकृत कारोबार शुरू गरेका थिए ।

मर्जरका लागि सहमति भएको स्वाप रेसियोअनुसार कायम ११ लाख ६ हजार ३२५ कित्ता शेयर फागुन ३ गते नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्