१० श्रावण २०८३, आइतबार

बीमा कम्पनीले गरेनन् साढे २३ अर्ब दावी भुक्तानी, १ लाख १० हजार बीमितको भुक्तानी हुन् बाँकी

बीमा कम्पनीले गरेनन् साढे २३ अर्ब दावी भुक्तानी, १ लाख १० हजार बीमितको भुक्तानी हुन् बाँकी



काठमाडौं । बीमा कम्पनीहरुले बीमितहरुलाई साढे २३ अर्ब रुपैयाँ दावी भुक्तानी गर्न बाँकी देखिएको छ ।

संचालन रहेको जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।

सो अवधिमा बीमा कम्पनीहरुले कुल २३ अर्ब ४९ करोड ४८ लाख ६० हजार रुपैयाँ दावी भुक्तानी हुन् बाँकी छ । सो अवधिमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी दावी संख्या १ लाख १० हजार २०४ वटा रहेको छ ।

निर्जीबन बीमा कम्पनीको मात्रै साढे १९ अर्ब

चालु आवको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६६ करोड ६८ लाख रुपैयाँ दावी भुक्तानी हुन् बाँकी देखिएको छ ।

सो अवधिमा १७ वटा कम्पनीहरुले १ लाख ८ हजार ७११ वटा दावी भुक्तानी हुन् बाँकी रहेको छ । यसमा कतिपय कम्पनीहरुको कोरोना बीमाको दावी हुन् बाँकी रकम पनि समावेश गरिएको छ ।

चालु आवको दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै २ अर्ब २४ करोड ७२ लाख रुपैयाँ दावी भुक्तानी हुन् बाँकी रहेको छ । कम्पनीले सो अवधिमा १५ हजार १०९ वटा दावी संख्याको भुक्तानी गर्न बाँकी देखिएको हो ।

यस्तै, हिमालयन एभरेष्टको पनि २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ रकम भुक्तानी हुन् बाँकी रहेको छ । कम्पनीले १३ हजार १२६ वटा दावी संख्या भुक्तानी गर्न बाँकी देखिएको हो । सो अवधिमा सबैभन्दा कम दावी भुक्तानी हुन् बाँकी रकम राष्ट्रिय बीमा कम्पनीको देखिएको छ । सो अवधिमा कम्पनीले भुक्तानी गर्न बाँकी दावी रकम ६ करोड ८३ लाख रुपैयाँ र संख्या ४५९ वटा रहेको छ ।

यता, नेपाल इन्स्योरेन्सको भने कोरोना बीमा ९८ करोड ८५ं लाख रुपैयाँ भुक्तानी हुन् बाँकी देखिएको छ । सोमध्ये २३ करोड ७१ लाख रुपैयाँ (२ हजार ४३० वटा) भुक्तानी हुन् बाँकी देखिएको छ । कम्पनीको भुक्तानी हुन् बाँकी दावी संख्या भने ४ हजार ५८७ वटा देखिएको छ ।

७ निर्जीवन बीमा कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम १ अर्ब माथि

चालु आवको ६ महिनामा सात वटा निर्जीवन बीमा कम्पनीहरु भुक्तानी गर्न बाँकी दावी रकम १ अर्ब माथि देखिएको छ ।

सो अवधिमा नेको इन्स्योरेन्स कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम १ अर्ब ७८ करोड ७५ हजार रुपैयाँ रहेको छ । यो संख्यामा भने १० हजार १३१ वटा रहेको छ ।

यस्तै, सो अवधिमा सानिमा जिआईसीको १ अर्ब ३७ करोड ४४ लाख (६ हजार ४२ वटा), सिद्धार्थ इन्स्योरेन्सको १ अर्ब ३७ करोड ११ लाख (९ हजार ७३ वटा), सगरमाथाको १ अर्ब ३६ करोड १८ लाख (९ हजार २९४ वटा) प्रिमियरको १ अर्ब ३० करोड २ लाख (५ हजार २२७ वटा), आइएमई जनरलको १ अर्ब २८ करोड १८ लाख (७ हजार ७८७ वटा) र एनएलजी इन्स्योरेन्को १ अर्ब ७ करोड ५६ लाख रुपैयाँ ( ६ हजार १८५ वटा) भुक्तानी हुन् बाँकी देखिएको छ । आइएमई जनरलको भुक्तानी हुन् बाँकी दावी रकममा भने कोभिड बापतको ४६ करोड रुपैयाँ पनि समावेश गरिएको छ ।

अन्य कुनको कति ?

जीवन बीमा कम्पनी तर्फ भएन पौने चार अर्ब दावी भुक्तानी

हाल संचालनमा रहेको जीवन बीमा कम्पनीहरुले करिब पौने ४ अर्ब रुपैयाँ दावी भुक्तानी गर्न बाँकी देखिएको छ ।

कम्पनीहरुले चालु आवको पुस मसान्तसम्ममा भुक्तानी हुन् बाँकी दावी रकम ३ अर्ब ८२ करोड ८० लाख ३७ हजार रुपैयाँ रहेको छ । सो अवधिमा भुक्तानी हुन् बाँकी दावी संख्यामा भने १ हजार ४९३ रहेको छ ।

उक्त अवधिमा रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले मात्र शतप्रतिशत दावी रकम भुक्तानी गरेको छ । पुस मसान्तसम्म कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम शून्य रहेको छ ।

नेपाल लाइफको भुक्तानी हुन् बाँकी दावी रकम १ अर्ब बढी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पुस मसान्तसम्ममा १ अर्ब १० करोड ३ लाख ११ हजार रुपैयाँ दावी भुक्तानी गर्न बाँकी देखिएको छ । सो अवधिमा कम्पनीले भुक्तानी गर्न बाँकी दावी संख्या भने उल्लेख गरेको छैन । सो अवधिमा कम्पनीले कुल ७ अर्ब ८२ करोड ७५ लाख ८३ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीले ४३ हजार १४६ वटा दावी भुक्तानी गरेको हो ।

चार कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम ४० करोड माथि

चालु आवको ६ महिनामा चार वटा जीवन बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी दावी रकम ४० करोड रुपैयाँ माथि देखिएको छ ।

सो अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले भुक्तानी गर्न बाँकी दावी रकम ७७ करोड ८९ लाख ६८ हजार रुपैयाँ रहेको छ । कम्पनीले भुक्तानी गर्न बाँकी दावी संख्या भने उल्लेख गरेको छैन ।

चालु आवको पुस मसान्तसम्ममा मेट लाइफ इन्स्योरेन्सले ४६० वटा दावी भुक्तानी गरेको छैन । सो अवधिमा कम्पनीले भुक्तानी गर्न बाँकी दावी रकम भने ६८ करोड ११ लाख १६ हजार रुपैयाँ देखिएको छ ।

यस्तै, रिलायन्स लाइफको भुक्तानी हुन् बाँकी दावी रकम ४४ करोड ३७ लाख २२ हजार, र एलआईसी नेपालको ४१ करोड ७४ लाख ९४ हजार रुपैयाँ देखिएको छ । रिलायन्स लाइफले भुक्तानी गर्न बाँकी दावी संख्या भने ४३ वटा रहेको छ भने एलआईसीले उल्लेख गरेको छैन ।

चालु आवको सो अवधिमा सिटिजन लाइफको भुक्तानी हुन् बाँकी दावी रकम १७ करोड १० लाख २५ हजार रुपैयाँ देखिएको छ । कम्पनीले भुक्तानी गर्न बाँकी दावी संख्यामा भने २४८ वटा रहेको छ ।

सो अवधिमा सुर्यज्योति लाइफको भने ६ करोड ४७ लाख ९५ हजार, एशियन लाइफको ६ करोड १० लाख १९ हजार र प्राइम लाइफको ४ करोड ५२ लाख ५७ हजार रुपैयाँ भुक्तानी हुन् बाँकी देखिएको छ । यी कम्पनीहरुले भुक्तानी गर्न बाँकी दावी संख्या भने क्रमशः २४०, १८६, ७६ वटा रहेको छ । चालु आवको ६ महिनामा आइएमई लाइफले २ करोड ९६ लाख ९५ हजार, सानिमा लाइफले १ करोड ७ लाख १३ हजार रुपैयाँ दावी भुक्तानी गर्न बाँकी रहेको छ । यी कम्पनीले क्रमशः ३१, १६, ४४ वटा देखिएको छ ।

चालु आवको ६ महिनामा प्रभु लाइफको भुक्तानी हुन् बाँकी दावी रकम ४३ लाख ५१ हजार, महालक्ष्मी लाइफको २५ लाख ६३ हजार, सन नेपाल लाइफको २४ लाख ७६ हजार र गुराँस लाइफको २० लाख ८२ हजार रुपैयाँ रहेको छ । चालु आवको पुस मसान्तसम्ममा यी कम्पनीहरुले भुक्तानी गर्न बाँकी दावी संख्या भने क्रमशः ७, १२१, ९ र १२ वटा रहेको छ ।

कुनको कति ?