बीमा कर्मचारी बोनस बढ्योः ६ महिनामा कम्पनीले ६९ करोड छुट्याए, कसको कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बीमा कर्मचारी बोनस बढ्योः ६ महिनामा कम्पनीले ६९ करोड छुट्याए, कसको कति ?



काठमाडौं । बीमा कम्पनीका कर्मचारीहरुले पाउने बोनस रकम बढेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको बोनसका लागि ६९ करोड बढी रकम छुट्याएका छन् ।

संचालनमा रहेका १८ वटा जीवन र १७ वटा निर्जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।

चालु आवको दोस्रो त्रैमासमा कम्पनीहरुले कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम ६९ करोड ३१ लाख २८ हजार रुपैयाँ पुगेको छ । जुन, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ३६.१५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुले कर्मचारीहरुको बोनस व्यवस्थाका लागि ५० करोड ९० लाख ६४ हजार रुपैयाँ छुट्याएका थिए ।

सो अवधिमा निर्जीवनको तुलनामा जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीका लागि छुट्याउने रकम बढी देखिएको छ । बीमा कम्पनीहरुले कर्मचारीहरुका लागि छुट्याएको बोनस रकम आर्थिक वर्ष सकिएपछि वितरण हुनेगर्दछ । जुन, कम्पनीहरुको साधारण सभा सम्पन्न गरि वितरण गरिन्छ । कम्पनीहरुले आफ्ना कर्मचारीहरुका लागि दिने सेवा सुविधा फरक फरक हुने गर्दछ।

कम्पनीलाई व्यवसायिक सफलता दिलाउनका लागि योगदान दिने कर्मचारीहरुको प्रोत्साहनका लागि सो बोनस रकम वितरण हुने गरेको छ।नेपाल बीमा प्राधिकरणका अनुसार हाल देशभर बीमा कर्मचारीहरुको संख्या १२ हजार २९ रहेको छ । यो प्राधिकरणले प्रकाशित गरेको चालु आवको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार हो ।

जीवन बीमा कम्पनीका कर्मचारीले पाउने बोनसमा ७० प्रतिशतको बढोत्तरी

चालु आवको ६ महिनामा जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनसका लागि छुट्याउने रकम ७०.१५ प्रतिशतले बढेको छ ।

चालु आवको दोस्रो त्रैमासमा १८ जीवन बीमा कम्पनीहरुले कर्मचारीहरुको बोनस व्यवस्थाका लागि ३६ करोड २ लाख ३७ हजार रुपैयाँ छुट्याएका छन् । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने १४ करोड ८५ लाख रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले कर्मचारीहरुको बोनस व्यवस्थाका लागि छुट्याउने रकम २१ करो १७ लाख १७ हजार रुपैयाँ मात्र रहेको थियो ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुको बोनस व्यवस्थाका लागि सबैभन्दा धेरै रकम छुट्याएको छ । चालु आवको दोस्रो त्रैमासमा नेपाल लाइफले कर्मचारीहरुको बोनसका लागि ५ करोड ९४ लाख ६८ हजार रुपैयाँ रकम व्यवस्था गरेको छ ।

दोस्रो स्थानमा रहेको सन नेपाल लाइफले भने कर्मचारीहरुको बोनसका लागि ३ करोड ९३ लाख ३१ हजार रुपैयाँ छुट्याएको छ । यता, सूर्यज्योति लाइफले पनि कर्मचारी बोनसका लागि ३ करोड १५ लाख ७७ हजार रुपैयाँ छुट्याएको छ।

सो अवधिमा कर्मचारी बोनसका लागि सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले भने सबैभन्दा कम ८ लाख २३ हजार रुपैयाँ मात्र छुट्याएको छ।

अन्य कुनको कति ?

निर्जीवन बीमा कम्पनीको कर्मचारी बोनसका लागि ३३ करोड, राष्ट्रिय बीमा संस्थानको धेरै

चालु आवको ६ महिना निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीको बोनस व्यवस्थाका लागि ३ करोड ३२ लाख ९१ हजार रुपैयाँ छुट्याएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११.९५ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीहरुले २९ करोड ७३ लाख रुपैयाँ रकम छुट्याएको थियो ।

कर्मचारीहरुको बोनस व्यवस्थाका लागि सबैभन्दा धेरै रकम राष्ट्रिय बीमा संस्थानले छुट्याएको छ । सो अवधिमा कम्पनीको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याउने रकम ८४ प्रतिशतले बढेर ३ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

यता, दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले पनि कर्मचारी बोनस व्यवस्थाका लागि ३ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ। तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ३.४ प्रतिशतले कमी हो ।

यस्तै, चालु आवको ६ महिनामा नेको इन्स्योरेन्स इन्स्योरेन्सले २ करोड ९४ लाख, सगरमाथा इन्स्योरेन्सले २ करोड ८४ लाख, प्रिमियरले २ करोड ४७ लाख, आएमई जनरलले २ करोड ४७ लाख, नेपाल इन्स्योरेन्सले २ करोड ४१ लाख र ओरियन्टल इन्स्योरेन्सले २ करोड ४ लाख रुपैयाँ रकम कर्मचारी बोनसका लागि छुट्याएका छन् ।

निर्जीवन बीमा कम्पनीमध्ये कर्मचारीहरुको बोनसका लागि सबैभन्दा कम लुम्बिनी जनरल इन्स्योरेन्सले १ लाख ८० हजार रुपैयाँ छुट्याएको छ ।

कुनको कति ?


प्रतिक्रिया दिनुहोस्