काठमाडौं उपत्यकामा प्रतिघन्टा ५० किलोमिटर मात्र गाडी गुडाउन पाउने
काठमाडौं अब काठमाडौं उपत्यकामा प्रतिघन्टा ५० किलोमिटर मात्र गाडी गुडाउन पाउने भएको छ । सो गति भन्दा बण्ीको स्पीडमा गाडी गुडाउन नपाइने ब्यवस्था लागू भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि यस्तो ब्यवस्था लागु गरेको जनाएको छ ।
तोकिएको गतिभन्दा बढीमा सवारी चलाउनेलाई ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ ।













