१० श्रावण २०८३, आइतबार

मोटर बीमा मार्फत कम्पनीले उठाए साढे ७ अर्ब प्रिमियम, १० लाख ४० हजार पोलेसी बिक्री

मोटर बीमा मार्फत कम्पनीले उठाए साढे ७ अर्ब प्रिमियम, १० लाख ४० हजार पोलेसी बिक्री



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा मार्फत साढे ७ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

माघ मसान्तसम्ममा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले मोटर बीमा मार्फत ७ अर्ब ७३ करोड ८२ लाख ८२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सो अवधिमा कम्पनीहरुले कुल १० लाख ४० हजार ५१२ मोटर बीमालेख बिक्री भएको तथ्याङ्कमा उल्लेख छ ।

सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, भूकम्प लगायतका कारणले मोटरमा क्षति हुनेगर्दछन् । क्षतिबाट बच्न र सुरक्षाका लागि नै मानिसहरुले मोटर बीमा अपनाउछन् । सरकारले पनि मोटर बीमालाई अनिवार्य गरेको छ । सरकारले मोटर बीमाअन्तर्गत तेस्रो पक्ष बीमालाई समेत अनिवार्य गरेको छ ।

चालु आवको ७ महिनामा मोटर बीमा मार्फत सबैभन्दा धेरै बीमा शुल्क बागमती प्रदेशबाट संकलन भएको छ । सो प्रदेशबाट मोटर बीमा अन्तर्गत ४ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सो अवधिमा कम्पनीहरुले बागमतीमा कुल ४ लाख ८७ हजार ४८५ वटा मोटर बीमालेख बिक्री गरेका छन् ।

दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशबाट कम्पनीहरुले १ अर्ब ४ करोड २८ लाख २४ हजार रुपैयाँ मोटर बीमा मार्फत बीमा शुल्क संकलन गरेका छन् । लुम्बिनीमा कम्पनीहरुले कुल १ लाख ५८ हजार ७६० वटा मोटर बीमालेख बिक्री गरेका छन् ।

यस्तै, माघ मसान्तसम्ममा प्रदेश नम्बर १ बाट मोटर बीमा मार्फत कम्पनीहरुले ७४ करोड ४३ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सो प्रदेशमा कम्पनीहरुले १ लाख २४ हजार २५८ वटा मोटर बीमालेख बिक्री गरेका छन् ।

यता, गण्डकी प्रदेशबाट ६९ करोड ९० लाख २५ हजार, मधेश प्रदेशबाट ५९ करोड ५५ लाख ९८ हजार रुपैयाँ र सुदुर पश्चिमबाट ३० करोड ८७ लाख ३८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी प्रदेशहरुमा कम्पनीहरुले क्रमशः १ लाख १३ हजार ३९४, ८४ हजार ४२९, ५७ हजार ३३१ वटा मोटर बीमालेख बिक्री गरेका छन् ।

चालु आवको ७ महिनामा सबैभन्दा मोटर बीमा शुल्क कर्णाली प्रदेशबाट संकलन भएको छ । सो प्रदेशबाट मोटर बीमा तर्फ १० करोड ३३ लाख ६० हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । कर्णालीमा कम्पनीहरुले १४ हजार ८५५ वटा मोटर बीमालेख बिक्री गरेका छन् ।