१० श्रावण २०८३, आइतबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नयाँ संचालकको टुंगो: अध्यक्ष श्रेष्ठ चयन, अन्यको को–को ?

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नयाँ संचालकको टुंगो: अध्यक्ष श्रेष्ठ चयन, अन्यको को–को ?



काठमाडौं । मर्जपछि बनेको सिदार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको संचालक समितिको टुंगो लागेको छ ।

नयाँ बनेको कम्पनीको अध्यक्ष सुरेश लाल श्रेष्ठ चयन भएका छन् । बुधवार बसेको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको संयुक्त बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

नयाँ बनेको कम्पनीको सञ्चालक समिति सदस्यमा सिद्धार्थको तर्फबाट पवन कुमार अग्रवाल, राहुल अग्रवाल र रामेश्वर प्रसाद वस्याल चयन भएका छन् । यता, प्रिमियर इन्स्योरेन्सको तर्फबाट अध्यक्ष श्रेष्ठ सहित राजन कृष्ण श्रेष्ठ र वलराम श्रेष्ठ चयन भएको बताइएको छ ।

नयाँ संचालक समितिले कम्पनी सचिवको जिम्मेवारी सुदर्शन आचार्यलाई दिएको छ ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले आज (फागुन १७ गते) देखि एकीकृत कारोबार सुरु गरेका छन् । यी दुवै कम्पनी एक आपसमा गाभिएर एकीकृत कारोबार थालनी गरेका हुन् ।

यो नेपाली बीमा क्षेत्रमा निर्जीवन बीमा कम्पनीहरुको तेस्रो सफल मर्जर हो । मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट संयुक्त कारोबार सुरु भएको हो । कम्पनीको केन्द्रीय कार्यालय भने बबरमहल काठमाडौंमा रहनेछ ।

यी दुवै कम्पनी समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा जाने सहमति भएको हो । मर्जपछि बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार क्षेत्री रहने छन् ।

मर्जपछि बन्नेका कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्नेछ । जुन, नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पुँजीभन्दा धेरै हो । मर्जरमा जानका लागि नेपाल बीमा प्राधिकरणबाट माघ १६ गते, नेपाल धितोपत्र बोर्डबाट माघ २४ गते र कम्पनी रजिष्ट्रार्डको कार्यालयबाट फागुन ८ गते स्वीकृति प्राप्त गरेको हो ।

कम्पनीहरुले गत असार २७ गते मर्जर सम्वन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दुवै कम्पनीहरुले गत पुस २९ गते सम्पन्न विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।