प्राधिकरणले थप गर्यो ‘सानो दावी’ मानिने व्यवस्था, बीमितले १५ दिनभित्रै भुक्तानी पाउने
प्राधिकरणले थप गर्यो ‘सानो दावी’ मानिने व्यवस्था, बीमितले १५ दिनभित्रै भुक्तानी पाउने
काठमाडौं । बीमा दावी भुक्तानी मार्गदर्शन, २०७९ लाई दोस्रो संसोधन भएको छ । नेपाल बीमा प्राधिकरणले बीमा छिटो र विश्वसनीय तरिकाले दावी भुक्तानीलाई व्यवस्थित बनाउन सो मार्गदर्शन संशोधन गरेको हो ।
संशोधित निर्देशिकाअनुसार अब सानो दावी भुक्तानी १५ दिनभित्र फछर्यौट गर्नुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणले निर्जीवन बीमा तर्फ २ लाख रुपैयाँसम्मको र बाली, पशुपन्छी, कृषि तथा लघुबीमातर्फ ५० हजार रुपैयाँसम्मको दावीलाई सानो दावी मानिने जनाएको छ ।
सो सानो दावी भुक्तानीका लागि न्युनतम प्रमाणपत्रहरु प्राप्त भएको मितिले १५ दिनभित्र फछर्यौट हुनुपर्ने व्यवस्था गरेको हो । अब साना दावी गर्ने बीमितले १५ दिनभित्र दावी भुक्तानी पाउनेछन् । संशोधित निर्देशिकामा बीमा कम्पनीहरुले बीमितको प्रमाणहरु संकलन गर्न वा बीमितलाई सम्पर्क गर्न गरेको पत्राचारको प्रमाण संलग्न राख्नुपर्ने उल्लेखछ ।
बीमा कम्पनीहरुले दाबी भुक्तानीको त्रैमासिक विवरण प्रत्येक तीन महिना समाप्त भएको १५ दिनभित्र पेश गुर्नपर्नेछ । सो प्रतिवेदन बीमा प्राधिकरणले दिएको ढाँचा बमोजिम पेश गनुपर्ने मार्गदर्शनमा उल्लेख छ ।













