नेपाललाई दोस्रो सफलता, सन्दिपले लिए विकेट
काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दोस्रो सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन्।
युएईका लागि ३८ बलमा १ चौकासहित १८ रन बनाएर खेलिरहेका वृत्य अर्विन्दलाई लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गरेका हुन्।
यसअघि पहिलो ओभरमै करण केसीले सफलता दिलाएका थिए।













