२६ श्रावण २०८३, मंगलबार

नेपालले दियो यूएईलाई १९२ रनको लक्ष्य



काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटको निर्णायक खेलमा यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।

यूएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४८।५ ओभरमा १ सय ९१ रन बनाएर अलआउट भएको हो । यस खेलको विजेताले अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाउने छ ।

नेपालले २०१६ यता आईसीसी यू–१९ विश्वकप खेलेको छैन ।