२६ श्रावण २०८३, मंगलबार

सोल्टी होटलको बोनस लाभांश तपाईको खातामा आयो ?



काठमाडौं । सोल्टी होटल लिमिटेडले बोनस लाभांश वितरण सुरु गरेको छ । कम्पनीले सम्बन्धित सेयरधनीको हितग्राही (डिम्याट) खातामा बोनस सेयर पठाउन सुरु गरेको हो ।

कम्पनीको पुष २८ गते सम्पन्न ४८औं वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस सेयर वितरण गरेको हो । पुष ७ गतेसम्म कायम सेयरधनीहरुको खातामा मात्र उक्त लाभांश पठाएको हो ।

साथै, हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गर्ने कम्पनीले भनेको छ । सेयर अभौतिकीकरण गरे पश्चात मात्र बोनस लाभांश खातामा पठाउने कम्पनीले जनाएको छ ।