दुई कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति पुग्यो ?
काठमाडौं । मंगलबार सेयर कारोबार खुला भएको पहिलो एक घण्टामा दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।सो अवधिमा सुपर मादी हाइड्रोपावर र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्ममा सुपर मादीको सेयर मूल्य ९.९७ प्रतिशत अर्थात प्रतिकित्ता ३२ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ३६१ रुपैयाँ ७० कायम भएको छ ।
यता, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको सेयर मूल्य ८.०२ प्रतिशत अर्थात प्रतिइकाई ६९ रुपैयाँले बढेर ९ रुपैयाँ २९ पैसा कायम भएको छ ।














